ईरहरी/ मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवादमा तानिएकी छन् । बिहीबार समाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए । अभिनेत्री रााणले बुधार टिकटकमा सेयर गरेको सो भिडियोमा एक प्रयोगकर्ताले दिएको प्रतिक्रियामाथि टिप्पणी गरेलगत्तै उनी विवादित बनेकी हुन् ।

उनको टिकटक भिडियो सेयर भएपछि टिकटक प्रयोगकर्ता प्रियंका डंगोलले प्रतिक्रिया लेखेकी छन्, ‘यदि तपाई कारमा हुनुहुन्छ भने के लगाउनुहुन्छ जहाँ मादक पर्दाथ सेवन गरेको ड्राइभरले एक निर्दोश महिलालाई मार्छ र घटनापछि तुरुन्तै तपाई भाग्नुहुन्छ ?’ सो प्रतिक्रियाको जवाफ दिँदै अभिनेत्री राणाले लेखेकी थिइन्, ‘होइन अनी, मैले मेरो वर्सासको कोट लगाएकी थिएँ । जुन किन्न तिम्रो औगातले भ्याउँदैन ।’ यो समाचारलाई नागरिकले प्रकासित गरेको छ ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


तपाईको प्रतिक्रिया