- सुवास संकल्प

ईटहरी/ पछिल्लो समय डिजिटल दुनियाले नेपालीहरुलाई मोहित बनाएको छ । धेरै चर्चामा आउने र आलोचित बन्ने माध्यम मात्र हैन यो डिजिटल माध्यम पैसा कमाउने एउटा उपयुक्त थलो पनि हो । डिजिटल दुनियाको फेसबुक, ईन्स्टाग्राम, व्हाट्सएप, भाईवर, इमो, युट्युब संगै पछिल्लो समय टिकटकले पनि नेपालमा राम्रो छाप छोड्न सफल भएको छ ।

जसमा नेपाली सेलिब्रेटिहरुको लगाव निक्कै देखिन थालेको छ । केही चर्चित नायिकाहरुले त धेरै अगाडी देखि टिकटक एकाउन्ट खोलेर सयौ भिडियोहरु पोस्ट गरिसकेका छन् भने उनिहरुलाई पछ्याउने हरुको ताती पनि लाखौ छन् । टिकटकको बिरोधि रहेकी वर्षा सिवाकोटीले पनि लकडाउनकै बिचमा आफ्नो अफिसियल एकाउन्ट खोलिन । अहिले उनी भिडियो बनाउन र पोस्ट गर्नमा सक्रिय छिन् ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


यता अभिनेता तथा मोडल पल शाहलाई टिकटकमा पछ्याउनेहरु पनि धेरै छन् । उनको नाममा दर्जनौ टिकटक एकाउन्टहरु बनेका छन् । तर ती सबै फेक तथा फ्यान क्लबहरु मात्र रहेका छन् । उनले अहिले सम्म टिकटक एकाउन्ट खोलेका थिएनन् । अब भने तपाईले उनको रियल एकाउन्ट भेट्न सक्नुहुन्छ । उनलाई भेट्नको लागि ‘paulshahofficial1’ आईडी सर्छ गर्नुपर्ने हुन्छ । उनले उक्त एकाउन्ट खोलेको ४ दिन मात्र भएको छ । जसमा उनले २ ओटा भिडियो लाई पोस्ट गरेका छन् ।

सुटिङ स्थलबाट सो भिडियोलाइ बनाउदै उनले आफ्नो रियल एकाउन्ट यहि मात्र भएको र अन्य सबै फेक एकाउन्ट रहेको जानकारी गराए । उनले आफ्नो उक्त एकाउन्टमा फलो गर्न पनि भनेका छन् । सार्बजनिकको तयारिमा रहेको ‘माया गरौला ओई’बोलको गीतको छायांकनमा बनाईएको उक्त भिडियोमा अर्कि चर्चित टिकटकर तथा मोडल उषा उप्रेतीलाई पनि देख्न सकिन्छ भने उनले पनि पलको अफिसियल एकाउन्टलाई फलो गर्दै फिल्म, भिडियोमा जस्तै साथ दिन आग्रह गरिन् ।

पलको अफिसियल एकाउन्ट खोलेको छोटो समयमै उनलाई फलो गर्नेहरुको संख्या ४३ हजार भन्दा बढी भैसकेका छन भने हामिले यो समाचार तयार गर्दै गर्दा उनले ६ जनालाई मात्र फलो गरेका छन् ।उनले गुराँस गुरुङ, रोस्नी राज्य लक्ष्मी शाह, निर्देशक सरोज ओलि, मोडल तथा चर्चित टिकटकर उषा उप्रेती, मोडल तथा टिकटकर सुनिशा बजगाई र पछिल्लो समय निक्कै भाईरल भएका टिकटकर सुधिर श्रेष्ठलाई फलो गरेका हुन् ।

उनले पोस्ट गरेको पहिलो भिडियोमा ७ लाख ९५ हजार बढी भ्युज छ भने १ लाख १८ हजार बढी लाईक रहेको छ । १४ सय बढिले कमेन्ट गरेका छन् । त्यस्तै दोश्रो भिडियोमा १ लाख ७८ हजार बढी भ्युज आउदा ३२ हजार बढिले लाईक गरेका छन् । कमेन्ट ६ सय बढिको छ । पछिल्लो समय लकडाउनले फिल्म नगरी ठप्प हुदा उनी फुर्सदमा थिए भने लकडाउन नर्मल भएसंगै हाल उनी म्युजिक भिडियोहरुमा दैनिक जसो ब्यस्त भैरहेका छन् ।

तपाईको प्रतिक्रिया