काठमाडौं/ लोक गीतले नेपाली मौलिकतालाई आत्मसात गरेको हुन्छ । लोक संगीत उधोगमा पनि हजारौ गीतहरु सार्बजनिक भैरहेका छन् । यसै क्रममा सुर्खेतकी गायिका पूजा क्षेत्रीले यो वर्षको तीजलाई लक्षित गरेर ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत ल्याएकी छन् । 

शिव हमालको लय तथा शब्दम रहेको गीतमा पूजालाई गायक राजु परियाले साथ दिएका छन् । गीतको भिडियो समेत निर्माण भएको छ । जसमा गायक रामजी खाँड र मोडल अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

अञ्जली र रामजीले यो गीतको भिडियोमा मज्जैले ठुम्का हानेका छन् । मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको छ । यस अगाडि १६ भन्दा बढी एल्बम सार्वजनिक गरेकी पूजाका २४ बढी गीत बजारमा आएका छन् । 

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


तपाईको प्रतिक्रिया