ईटहरी/ कोरोना महामारीका कारण भएको लकडाउनले संगीत र सिने क्षेत्र यतिबेला अस्तब्यस्त बनेको छ । लकडाउनको अन्त्य संगै संगीत उधोगमा गीत रेकर्डिङ तथा छायांकनको कार्य भने केही रुपमा भैरहेको छ । यस्तै माहौलमा सिने नगरिका हस्तिहरु पनि म्युजिक भिडियोमा ब्यस्त भएको देख्न सकिन्छ । निता ढुंगाना, पल शाह, स्वस्तिमा खड्का लगायतका नायक नायिकाहरु लकडाउन सकिएसंगै भिडियोमा ब्यस्त भएको देखिन्छ ।

यस्तैमा अभिनेता दयाहाङ राई पनि म्युजिक भिडियोमा देखिएका छन् । दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको भिडियोमा उनी देखिएका हुन् । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायक दयाको साथमा मोडल निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ । ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडियोमा मिलन चाम्सको निर्देशन छ । यो भिडियोमा नायक दयालाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । नृत्य गर्नका लागि निकै नै सकस मान्ने दयाले यो गीतमा निराञ्जलीसँग खुलेरै नृत्य गरेका छन् । भिडियोमा दया र निराञ्जलाको रोमान्स, दयाको चुलबुले बानीलाई प्रस्तुत गरिएको छ ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


तपाईको प्रतिक्रिया