काठमाण्डौ/ क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ (DR.DENIM) ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलीज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ । प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतले प्रमूख अभिनय गर्नेछन् । ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर समेत रहेका राउतको जोडी नायिका भने छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । यो चलचित्रमा गौतम निर्माता रहनेछन् । आफ्नो ब्राण्डलाई भने प्रस्तुतकर्ताको रुपमा राखिने उनले बताए ।

चलचित्रका निर्देशक, लेखक सहित अन्य टीमको भने जानकारी गराईएको छैन । सामान्यतया निर्देशक तथा लेखकको बारेमा कलाकारहरु भन्दा पहिले जानकारी दिईने गरिने भएता पनि निलुसले बनाउने चलचित्रमा नायकलाई पहिले परिचित गराईएको छ । केहि समयमा नै चलचित्रको शिर्षकसँगै लेखक तथा निर्देशकको परिचय दिने योजना रहेको निर्माता गौतमले बताए । मनिष राउतको एउटा पनि चलचित्र रिलीज नभएतापनि दर्शक सामु चर्चित छन् ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई गत बर्षको अन्तिमदेखी चलचित्र ‘प्रेम गीत ३’मा हेर्न पाउने भएका थिए । तर नोबल कोरोनाभाईरसको महामारीको कारण रिलीज अनिश्चित भएपछि मनिषलाई हेर्न पाएका छैनन् । उनले ‘प्रेम गीत ३’मा अभिनय गर्ने पक्का भएपछि उनलाई ‘डक्टर डेनिम’ (DR.DENIM) ले ब्राण्ड एम्बेसडर बनाएको थियो । ‘मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागी ब्राण्ड एम्बेसडर बनाएका थियौँ । उहाँको क्रेजबाट हामीले हाम्रो ब्राण्ड स्थापित गर्न सफल बन्यौँ । अब हामीले उहाँलाई नै लिएर चलचित्र बनाउन लागेका छौँ’ ।

निर्माता गौतमले भने ‘मनिषको क्रेज मात्र नभएर उहाँको अभिनय क्षमताले पनि हामी प्रभावित छौँ । हामीले ‘प्रेम गीत ३’को टीजर तथा ओस्कार कलेज पढ्ने बेलामा गरेको केहि लघु चलचित्रको अभिनय हेरेका थियौँ । उक्त चलचित्रमा उहाँले गरेको अभिनयले भोलीको स्टार बन्ने ढोका खोल्नेमा म ढुक्क छु’ । पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्ने ‘डक्टर डेनिम’मा मनिष पाँच बर्षको लागि ब्राण्ड एम्बेसडर छन् । स्क्रिप्ट तयार भईसकेको यो चलचित्र नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ । चलचित्रको लागी मनिषको जोडीको रुपमा रहने नायिकाको लागि अभिनय क्षमता सहितकी नयाँ कलाकारको खोजी भईरहेको छ ।

तपाईको प्रतिक्रिया