ईटहरी/ लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । यसपटक गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन् । गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ । ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन् । गीतमा सञ्जीब बराइलीको गिटार, गोपाल घतानीको बासुरी, आई प्रोडक्सनका दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ । हेर्नुस भिडियो

गीतको भिडियो आकर्षक बनेको छ । स्थापित निर्देशक युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन् । उनलाई साथीहरुले साथ दिएका छन् । भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


तपाईको प्रतिक्रिया