ईटहरी/ कोरोना कहर बीच नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न गायक नितिन गजुरेलले ‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लभ रोमाण्टिक भर्सनको यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ । गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन् । चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो । हेर्नुस भिडियो

लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ‘दिलके डायरी’, ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् । यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


तपाईको प्रतिक्रिया