ईटहरी/ चर्चित गायक एवं मोडल प्रकाश सपूतको ‘बदला बरिलै’ डिजिटल बजारमा सार्वजनिक भएको  छ । बोल माया’ र ‘गलबन्दी’ जस्ता लोकप्रिय गीत ल्याएका प्रकाश सपुतले बदलाको भाव बोकेको बदला बरिलै बोलको सशक्त गीत ल्याएका छन् । जुन गीतले यतिबेला नेपाली संगीत उधोगमा तहल्का पिटिरहेको छ ।

ब’लात्कार जस्तो ज’घन्य अप’राध गर्ने अपराधीले कुनै पनि रुपमा सजाए पाउने गीतको मुल भाव छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्ती मगरको स्वर छ ।

प्रकाश सपुत स्वयमको सोच एंव निर्देशन रहेको ‘बदला बरिलै’मा नायिका केकी अधिकारीले जिवन्त अभिनय गरेकी छिन् । उनको अभिनय हेरेर धेरैले तारिफ पनि गरिरहेका छन् । युट्युबमा सार्बजनिक भएको छोटो समयमै भिडियोले राम्रो सफलता पाएको छ । यतिबेला युट्युब ट्रेन्डिङको दोश्रो स्थानमा रहेको छ ।

भिडियोमा कलाकार ध्रुव कोइरालाले बला’त्कारीको भूमिका निभाएका छन् । केकी र ध्रुवसँगै भिडियोमा हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको अभिनय छ । बाल कलाकारको रुपमा ब्रिशा बराल र इजुलिया आचार्य प्रस्तुत छन् । भिडियोलाई एक दिनमै हेर्नेहरुको संख्या ६ लाख ६८ हजार भन्दा बढी पटक हेरिएको छ भने ५९ हजार लाइक प्राप्त भएको छ ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


तपाईको प्रतिक्रिया