- सुवास संकल्प

ईटहरी/ केहि महिना अघि सामाजिक संजाल र युट्युबमा भाईरल भएका बालक अन्तत अहिले देश बिदेशमा चर्चित बाल गायक बनेका छन् । सडकमा गीत गाउदै पैसा कमाएर घरमा दिने गरेका अशोक यतिबेला चर्चा बाट बाहिरिन सकेका छैनन् । उनको सांगीतिक यात्रालाई औपचारिकता गायक तथा संगीतकार टंक बुढाथोकीले दिएपनि अशोकलाई सहयोग जुटोस भन्दै उर्लाबारी मोरङ्गका पत्रकार किशोर श्रेष्ठले मिडियामा ल्याएका थिए । यतिबेला अशोकको पहिलो गीतले युट्युबमा सर्बाधिक भ्युज ल्याएको छ । यहि २०१८ को मे ९ मा युट्युब मार्फत सार्बजनिक भएको ‘मन बिनाको धन ठुलो कि’ बोल रहेको अशोकको यो गीत हिजो अर्थात जुलाई ९ मा ठ्याक्कै २ महिना पुगेको छ । हेर्नुस् भिडियो ।

हामीले आज जुलाई १० मा यो समाचार तयार गर्दासम्म भिडियोलाई १ करोड १९ लाख ७१ हजार भन्दा बढि पटक हेरिएको छ । त्यस्तै लाईक मात्र भिडियोलाई २ लाख २८ हजार बढि छ भने १० हजारले डिसलाईक गरेको छ । भिडियोलाई २५ हजार बढिले सकारात्मक प्रतिक्रिया दिएका छन् । सार्बजनिकको पहिलो दिनबाटै लगातार ट्रेण्डिङ्ग नम्बर १ मा ५ दिन सम्म अड्डा जमाउन सफल भएको यो गीत अचानक नेपाल ट्रेण्डिङ्गको लिस्टबाटै गायब समेत भएको थियो । त्यसैले पनि नेपाल ट्रेण्डिङ्ग लिस्टबाट किक आउट हुने बित्तिकै अरु देशमा सार्बजनिकको ५ दिन पछाडि ट्रेण्डिङ्गको उत्कृष्ट ५ भित्र पस्नु पनि भ्युजको लागि केहि जुक्ति अपनाईएको छकि भनेर त्यसैबेला चर्चा परिचर्चा पनि नभएको हैन ।

जे होस् भिडियोले हालसम्मको नेपाल युट्युब ईतिहासमा बनाईएको सम्पुर्ण रेकर्डलाई तोड्दै हरेक कुरामा अगाडि रहेको छ । यता गायक टंकले अशोकलाई साथमा लिएर उनलाई पनि अगाडि बढ्न निकै मद्धत मिल्यो । त्यो बेला भर्खरै चर्चामा आउन थालेका टंकको पनि यतिबेला चर्चाले बिश्राम लिन पाएको छैन । उनले अशोकलाई सहयोग संगै देश बिदेशका कार्यक्रमहरु त पाए नै यता बिसेसत कलाकारहरुले गीत संगीत सार्बजनिक गरेर आफ्नो मुख्य गरिखाने भाडो बनेको युट्युब च्यानलले पनि निकै फड्को मार्यो । एक डेढ लाखको हाराहारीमा सब्स्क्राईब रहेको उनको च्यानल यतिबेला ४ लाख माथि सब्स्क्राइब भएको छ । अशोक साथमा आएपछि यसलाई पनि उनको सबैभन्दा ठुलो उपलब्धि मान्न सकिन्छ ।

तपाईको प्रतिक्रिया