- सुवास संकल्प

ईटहरी/ पछिल्लो समय नेपाली रंगिन दुनियाका केही हस्तिहरु राजनितीमा होमिन थालेको कुरा छर्लङ्ग छ । तर रंगिन दुनियामै भर्खरै पाईला चाल्न थालेका गीतकार रोहित घिमिरे भने आफू राजनितिमा नलाग्ने बताउछन् । हामी संग अनौपचारिक कुराकानीमा उनले यस्तो बताएका हुन् । धेरै सृजनाहरु लेखेका उनले आफ्नै सब्दमा गीतहरु पनि बजारमा सार्बजनिक गरिसकेका छन् ।

राजनिति गरेका राजनेताहरुले जे गर्नुपर्ने हो त्यो नगरेर त्यसको बिपरित काम गरेर देश भिरबाट खस्न लागेको ढुङ्गा जस्तै भएको बताएका छन् । नयापुस्तालाई पद हस्तान्तरण नगरेकाले पनि अब देश जटिल मुडमा ढल्किदै गएकोले आफू पार्टिको झण्डामुनी रहेर भन्दा देशको झण्डामुनि रहेर देशको लागि आफ्नो तर्फबाट सकेको गर्ने गीतकार घिमिरे बताउछन् । चर्चित गायक तथा कलाकारहरू संग काम गर्न रुचाउने उनी गीतकारको रुपमा अगाडि आउने तयारिमा छन् । हेर्नुस उनी संग केही समय अगाडि गरिएको भिडियो कुराकानी ।

सबैको साथ र सहयोग लिदै संगीत पारखीहरुलाई खुशी पार्ने सोचमा रहेका उनले आफ्नै सर्बाधिकारमा रहने गरि एक गीतको भिडियो सार्बजनिक गरिसकेका छन् । ‘संगै जिउने मर्ने कसम’ बोलको सो गीतमा घिमिरेको आफ्नै शब्द रहेको छ भने उनैले अभिनय समेत गरेका छन् । क्रीकेटमा निकै रुचि राख्ने उनले आफ्नै सब्दमा गायक प्रमोद खरेलको आवाज समाबेश गरेर गीत निकालेका छन् । यसको पनि छिट्टै राम्रो म्युजिक भिडियो बनाएर सार्बजनिक गर्ने उनले हामी संगको कुराकानिमा बताएका छन् । उनको शब्द तथा अभिनय रहेको भिडियो यस्तो छ ।

उनले नेपाली क्रीकेट खेलाडीहरुलाई सम्बोधन गर्दै निकालेको क्रीकेट गीतको लिरिकल भिडियो यस्तो छ ।

तपाईको प्रतिक्रिया