ईटहरी/ कोहि व्यक्ति संग यस्तो प्रतिभा हुन्छ, जुन हाम्रो सोचाई भन्दा बिल्कुलै फरक हुन्छ । देश बाहिर मात्र हैन हाम्रै देश भित्र यस्ता प्रतिभाहरुको कुनै कमि छैन । यस्तै सिलसिलामा न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगको २५० औ शृंखलामा यस्तै अद्भुत क्षमता भएका एक बालकलाई प्रस्तुत गरिएको छ ।

उनि हुन् अविरल पोख्रेल, जस्ले सामान्य मानिसले गर्न नसक्ने कार्यहरु सजिलै गर्न सक्छन । कपिलवस्तुका यी बालकको क्षमता पत्याउन निकै कठिन हुन्छ, तर उनले लाईभ टेलिभिजन शोमा स-प्रमाण देखाईदिए । उनि कपिलवस्तुको होराइजन अंग्रेजी आवासिय उच्च माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् भने अविरल जम्मा ११ बर्षका मात्र छन् । हेर्नुस भिडियो

उनी कुनै पनि कुरा छामेको भरमा नहेरी पढ्न सक्छन्, रंङ पत्ता लगाउन र चिन्न सक्छन् । उनले कार्यक्रममा पनि अविरललाई आँखामा पट्टी बाँधेर रंग पत्ता लगाउन र पढ्न लगाइएका थिए । अविरल सबै कुरा मिलाएर आफ्नो अद्भूत क्षमता देखाएका छन् । अबिरललाई रवि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’ मार्फत सार्वजनिक गरेपछि अहिले उनको लोकप्रियता बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया