ईटहरी/ सबैको मनमा हुन्छ प्रतिष्पर्धी बजारमा आफुपनि केहि नया र नौलो काम गरौ अनि सबै माझ परिचित बनौ । तर कति यस्ता पनि हुन्छन कि देशको नाममा केहि गरौ अनि आफ्नो ठाउलाई सबैतिर चिनाउन लागि परौ । हामिले आज त्यस्तै एक बिषय भेटेका छौ, जुन तपाईलाई हेर्दा र सुन्दा गर्व लाग्छ ।

प्रदेश नम्बर १ को मुख्य सहर ईटहरीमा एक नया भवन बन्दैछ, नया भवन बन्नु कुनै नौलो कुरा पक्कै हैन तर त्यो भवनको अघिल्लो पट्टि निकै ठुलो नेपालको राष्ट्रिय झण्डाको नक्सालाई मेहनतको साथ् राखिएको छ । तर यो चित्र कोरिएको भने पक्कै हैन । आफ्नो ठाउ र देशलाई चिनाउ अनि सम्मान गरौ भन्ने उद्देश्य सहित यस्तो किसिमको सोच आएको उक्त झण्डा राखिएको घरधनि खेमराज घिमिरे बताउछन । हेरौ घरको बिसेषता र घरधनि संग यस बिषयमा गरिएको महत्त्वपूर्ण कुराकानी ।

उक्त झण्डालाई घर अगाडि राख्नलाई सुरुमा त नेपालको ठुला कालिगडले पनि नसक्ने बताए । अन्तमा एक महिनाको प्रयास पछि यसरि नेपालको झण्डालाई घरमा यस्तो स्वरुप दिन सकिएको उनले सुनाए । १० बर्ष पहिले देखिको आफ्नो सोच अहिले आएर पुरा भएकोमा घिमिरे मक्ख छन् ।

तपाईको प्रतिक्रिया