- मदनकृष्ण सिलवाल

काठमाडौ/ प्रवासमा रहेर पनि साहित्यमा समर्पित काभ्रेली चेली देवकुमारी गौतमद्वारा लिखित उपन्यास प्रेमवर्षा’को आज राजधानीमा लोकार्पण गरिएको छ । विशेष कारणले लेखिका उपस्थित हुन नसकेपनि उनकी आमा हिरादेवी गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सो उपन्यासको वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कथाकार माया ठकुरी, साहित्यका डा. घनश्याम न्यौपाने । परिश्रमी’, डा. गार्गी शर्मा, अन्तर्राष्ट्रिय साहित्यक समाजका नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार देवकुमारी गौतमकी आमा हिरादेवी गौतम, सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुले सामुहिक रुपमा लोकार्पण गर्नुभएको हो ।

राजधानीको होटल हार्दिकमा सहयात्री दर्पण नेपालद्वारा आयोजित कार्यक्रममा उन्यासका बारेमा पुरु लम्सालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । नाट्यकर्मी पुरु लम्साल उपन्यसाका बारेमा भन्छन् । हरेक सम्बन्धलाई बाँध्ने काम मायाले गर्छ, प्रेमले गर्छ । माया प्रेम
नहुँदो हो त संसार कस्तो हुन्थ्यो होला ? कल्पना गरौँ त ! मायाको परिभाषा फरकफरक होला, मायाको प्रकार भिन्नाभिन्नै होला, तर अनुभूति फरक हुनै सक्दैन । यो संसार मायाले अडेको छ । माया, प्रेम र अपनत्व बाँड्न सक्यौँ भने जिन्दगीले सार्थकता पाउँछ । दुःखसुख जिन्दगीका दुई पाटा हुन् ।

दिन पछि रात र फेरि दिन भए जस्तै जिन्दगी हो दुःखसुख भोग्नै पर्छ । जीवनका उराठ लाग्दा यामहरु पनि मायाले मनमोहक बनाउन सकिने रहेछ, जुनकुरा उपन्यासमार्फत पोखिएका छ प्रेमवर्षा भनेर ।” सो अवसरमा स्वागत मन्तव्य सहयात्री दर्पण नेपालका सचिव अम्बिका अधिकारी स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सिर्जना पौडेलले गर्नुभएको थियो । यसैगरी वरिष्ठ कटाकार माया ठकुरी, डा. घनश्याम न्यौपाने । परिश्रमी’, राधेश्याम लेकाली शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा तीन व्यक्तित्वहरु सम्मानीत भएका छन् ।

सम्मानीत हुनेहरुमा साहित्यिक पत्रकार दीपक सापकोटा, साहित्यकार दुर्गा काफ्ले र हिरादेवी गौतम रहेका छन् । त्यस्तै, सहयात्री दर्पण
नेपाल संस्थाका आजीवन सदस्य बन्नुहुने नयाँ सदस्यहरुलाई समेत सदस्यता प्रमाणपत्र प्रदान गरी सम्मान प्रकट गरिएको थियो । सहयात्री दर्पण नेपालले साहित्यिक मनहरुलाई प्रकाशन र प्रसारण गर्ने कार्यमा साँघुको कार्य गर्ने उद्देश्यका साथ केही महिना अघि मात्रै स्थापना गरिएको र अहिले ३५ जनाभन्दा बढी आजीवन सदस्य बनिसकेका संस्थाका अध्यक्ष गोविन्द कँडेल आँसुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया