इटहरी/ चलिचत्र क्षेत्रमा बेग्लै पहिचान बनाएकी नायिका सोविता सिम्खडा अब साहित्यकार पनि बनेकी छिन । उनको पहिलो उपन्यास असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक हुदै छ ।

‘वराङ्गना’ नाम राखिएको सोविताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलार्इ सकारात्मक प्रतिकृया आएको बताउने लेखिका सोविताले शुक्रबार आफ्नो उपन्यास ‘वराङ्गना’को भिडियो प्रोमो सार्वजनिक गरेकी छिन । हेर्नुस उपन्यास प्रोमो

तिन बर्ष लगाएर लेखिएको सोविताको ‘वराङ्गना’को प्रोमोमा उनी देखीएकी छिन । काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको प्रोमो आकर्षक बनेको छ । पछिल्ला केही समय चलचित्रमा नदेखिएकी उनले त्यस्को राज उपन्यास लेखन रहेको समेत प्रष्टाएकी छिन । संदेश नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी सोविताले दर्जन बढी चलचित्रहरुमा नायिकाको रूपमा काम गरिसकेकी छिन । यसका अलावा सोविता ओशो सन्यासी पनि हुन ।

तपाईको प्रतिक्रिया