इटहरी/ पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा धेरैको आकर्षण बढेको पाइन्छ। कतिपयले मोडलिङ्गसंग सम्बन्धित विभिन्न प्रशिक्षण लिएर आफूलाई सफल मोडलको रुपमा चिनाउन सफल छन् भने कतिपय संघर्षरत छन् । हेर्नुस इशा संग गरिएको रमाईलो कुराकानी

त्यस्तै पछिल्लो समय छोटो अबधिमै आफूलाई एक कुशल र व्यस्त मोडलको रुपमा चिनाउन संघर्ष गरिरहेकी मोडल हुन् इशा परियार । आफुलाई नराम्रो भन्दै जथाभावी बोल्नेलाई बेलाबेला फेसबुक लाईभ मै चुनौती पनि दिन्छिन् ।

भर्खरै मात्र छायांकन सकेर हप्ता १० दिनपछि रिलिज गर्ने तयारी भैरहेको ‘महल की रानी’ बोलको म्युजिक भिडियोमा इशा महल की रानी बनेकी छिन् । हुनत यस भन्दा अगाडी पनि उनका २/३ वटा भिडियोहरु सार्वजनिक भईसकेका छन् । परिवारसंग छुटेर केहि समयदेखि काठमाडौंलाई कर्मथलो बनाएर बसेकी छिन् ।

तपाईको प्रतिक्रिया