ईटहरी/ फिल्म प्रचार प्रसारको तौर तरिका पनि निकै रोचक हुने गरेको छ नेपालि सिने उधोगमा । ब्राण्ड बनेको चलचित्र ‘छक्का पन्जा ३’को अहिले चर्चा चुलिएको छ । यो टीमको नया प्रचार काईदा यतिबेला सामाजिक संजालमा सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा दिपक, माग्नेबुढा र जितु नेपाल केहि असन्तुष्ट शैलीमा बाजिरहेका छन् । तर त्यो रियालिटी नभएर नाटक मात्र भएको कुरा भिडियोको अन्त्यमा मात्रै थाहा पाईन्छ । जुन भिडियोलाई दीपाले कैद गरिरहेकी देखिन्छिन ।

केही दिन अगाडि चलचित्रको ट्रेलर रिलिज भएको थियो जुन निकै रुचाइको छ। चलचित्रमा दीपकराज गिरी, दिपिका प्रसाँइ, प्रियङ्का कार्की, केदार घिमिरे माग्ने बुढा, जितु नेपाल मुन्द्रे, निर शाह, शिवहरी पौडेल, किरण केसी, बुद्धि तामाङ हैट, अनुराग कुँवर, लक्ष्मी गिरी, विल्सन राई लगायतका कलाकारहरूको अभिनय रहेको छ । नायिका तथा निर्देशक दिपाश्री निरौलाको निर्देशनमा बनेको यस चलचित्रलाई सुमन गिरी भान्जा, शिवहरी पौडेल, किरण केसी, तारा चन्द्र बनगाँई निशानले संयुक्त रुपमा निर्माण गरेका छन् ।

तपाईको प्रतिक्रिया