काठमाण्डौ/ ‘मि टु’मा नाम पोलिएपछि चर्चित बलिउड संगीतकार अनु मल्लिकले टिभी रियालिटी शो ‘इन्डियन आइडल’को दशौं संस्करणको निर्णायकबाट बाहिरिनु परेको छ । यौन उत्पीडनको आरोप लागेपछि अनुले सोनी इन्टरनेटमेन्टको कार्यक्रम छोडेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सोनीले सो कुरा जनाएको हो ।

भारतमा पछिल्लो समय ‘मि टु’ अभियानमा थुप्रै चर्चित सेलिब्रेटी, राजनीतिज्ञ तथा पत्रकारहरूको नाम दागी बनिसकेको छ । अनुमाथि चार महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् । सोनीले आफ्नो विज्ञप्तिमा सोनुको सट्टा अर्को व्यक्तिलाई निर्णायक बनाइने जनाएको छ । कार्यक्रमबाट बाहिरिएपछि अनुले काममा ध्यान दिन नसकेको भन्दै केही समयका लागि विश्राम लिएको प्रतिक्रिया दिएका छन् ।

गायिका सोना मोहपात्रा, श्वेता पण्डितलगायत अरु दुई महिलाले उनलाई ह्यारेसमेन्टको आरोप लगाएका थिए । अनुका वकिलले आरोपको खण्डन गर्दै उनको चरित्रहत्याको दुष्प्रयासमात्र भएको जनाएका छन् । यसैगरी अनुमाथि लागेको आरोपमा गीतकार समिरले भने उनको बचाउ गरेका छन् । उनले श्वेता पंडितको अडिसनका क्रममा आफू उपस्थित रहेको र पंडितले भनेजस्तो केहि नभएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया