इटहरी/ गायक भेषराज गौतमको स्वरमा रहेको ‘मुसुमुसु हासेर’ बोलको अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ । राजेन्द्र बजगाईको शब्द तथा संगीत रहेको छ भने पुस्कर सुनारले एरेन्ज गरेका छन् । तराइको मधेशी हुलियामा कार्टुन क्रू का कलाकारहरुलाई उक्त्त भिडियोमा देख्न सकिन्छ । चितवन सौराहाको मनमोहक प्राकृतिक दृश्यलाइ म्युजिक भिडियोको सुरुवातमा देखाइएको छ । हेर्नुस भिडियो

कार्टुन क्रू डान्स स्टुडियोको प्रोडक्सनमा तयार पारिएको म्युजिक भिडियोमा सरोज अधिकारीको कोरियोग्राफी रहेको छ । सार्बजनिक भिडियोमा आश्मा, सरोज,लाक्पा, राम, सुबिन र सजनको निकै आकर्षक अभिनय तथा नृत्य रहेको छ । भिडियोलाई कमल प्रसाइले छायांकन गरेका छन भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन् ।

भिडियो सार्बजनिक भएको २४ घण्टा नपुग्दै य़ूटूब ट्रेण्डिङ्गको यात्रामा छ । पछिल्लो समय प्राय कार्टुन क्रू का भिडियोहरु य़ुटुब ट्रेण्डिङ्गमा सहजै पुग्ने गरेको पाइन्छ । सोहि क्रमलाई यस भिडियोले पनि निरन्तरता दिएको छ ।

तपाईको प्रतिक्रिया