इटहरी/ पछिल्लो समय युवा पुस्ताहरुमा साहित्य प्रतिको आकर्षण बढ्दो क्रममा पाउन सकिन्छ । देश तथा बिदेशमा साहित्यिक कार्यक्रमहरुले पनि निकै स्थान पाउन थालेका छन् । नेपालि साहित्यलाई अझ मजबुद बनाउन र साहित्य लेखन लाइ निरन्तरता दिनको लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

साहित्य लेखनको क्षेत्रमा उदाउदै गरेको एउटा नाम हो गजलकार ओम बिक्रम कटुवाल (गाउले) । उनि पछिल्लो समय गजल लेखन मा निकै सक्रिय रुपमा लागिपरिरहेका छन् । निकै मिजासिलो स्वभावका उनि समाज परिवर्तनको एउटा पाटो साहित्यलाइ लिन्छन । नेपाली कला, साहित्यिक सिर्जना तथा सर्जकहरुको सम्मान गर्ने उनि बिराट आदर्श मंचले आयोजना गर्ने कार्यक्रम “काब्य – मेहेफिल”का कार्यक्रम संयोजक छन् ।

भर्खरै मात्र फेसबुकमा गजलकार ओम बिक्रम कटुवालले एउटा गजल सार्बजनिक गरेका छन् । पढ्नुस उक्त्त गजल

उ एक पटक फेरि जन्मदा जस्तै कंगाल भयो
गोजिसम्म नभएको कात्रोमा के के लिएर गयो?

छोरो बाकसमा देखेर आमाले प्राण त्यागिन
यमराज तैले लान आमाको सास बाकी रह्यो

चलिरहन्छ जिन्दगी सुर्ता कसैले नगर्नु
हरेक पलहरुमा मर्दै मर्दै पनि बाच्छ यो

हरेक कुराले भेदभाब गर्यो जिन्दगी मा
हावा पनि तिमि जस्तै अर्कै बाटो बह्यो

तपाईको प्रतिक्रिया