इटहरी/ नेपाली सिने उधोगमा नेपाली फिल्महरुले लगानी उठाउन निकै हम्मे पर्ने गरेको छ । बर्षमा एक दुइ फिल्म मात्र लगानी बचाउदै मुनाफामा गएका धेरै उदाहरण छन् । तुलनात्मक रुपमा हेर्ने हो भने नेपाली फिल्म र हिन्दि फिल्म पछिल्लो समय नेपालमा उतिकै लोकप्रिय बनिरहेका छन् । त्यस्तै अहिले नेपालमा २ हिन्दि फिल्मको ट्रेण्डिङ्गमा निकै प्रतिस्पर्धा भएको छ ।

गौरी खानको निर्माण तथा आनन्द एल राइको निर्देशनमा निर्मित फिल्म ‘जिरो’को अफिसियल ट्रेलर अहिले य़ुटुब ट्रेण्डिङ्गको पहिलो स्थानमा छ । डिसेम्बर को २१ तारिक बाट प्रदर्शनमा आउने उक्त्त फिल्ममा अनुष्का शर्मा, कट्रिना कैफ, शाहरुख खान लगायतले अभिनय गरेका छन् । यस फिल्ममा शाहरुख खान निकै होचा पुड्का कलाकारको भूमिकामा देखिएका छन् ।

यतिबेला अर्को हिन्दि फिल्म ‘२.०’को अफिसियल ट्रेलर य़ुटुब ट्रेण्डिङ्गको दोश्रो स्थानमा छ । रजनिकांत, अक्षय कुमार र अमी ज्याक्सनको लिद अभिनय रहेको उक्त्त फिल्मलाई सुबासकरणले निर्माण गरेका छन् भने एस. शंकरले निर्देशन गरेका छन् । यो फिल्म नोबेम्बर को २९ तारिकमा रिलिज हुदै छ ।

तपाईको प्रतिक्रिया