ईटहरी/ यतिबेला नेपालमा शृङ्खलाको चर्चा निकै बढेको छ । नेपालमा मात्र हैन विश्व बजारमा समेत मिस नेपाल शृङ्खला खतिवडाको चर्चा चुलिएको छ । नेपालमा मिस नेपाल २०१८ को ताज पहिरिन सफल भएदेखि नै अन्य मिस नेपाल भन्दा अब्बल भएको भनेर उनले तारिफ बटुलेकी थिइन् ।

उनै शृङ्खला यतिबेला मिस वर्ल्डको ताज नेपाल ल्याउनको लागि निरन्तर अन्य सयौ देशका सुन्दरीहरु सग प्रतिष्पर्धामा जुटिरहेकि छिन् । आफ्नो ईन्स्टाग्राम एकाउन्टमा ‘नेपाल आउदा ताज लिएर आउन पाउ, नेपाललाई विश्व भरी चिनाएर आउन पाउ’ भन्दै प्रतिष्पर्धाको लागि नेपाल छोडेकी उनिमाथी सारा नेपालीले निकै ठूलो आश गरेका छन् । हेरौं उनलाईलाई हेड टु हेड च्यालेन्जको छेको लगाएको पहेँलो ड्रेसमा ।

तपाईको प्रतिक्रिया