इटहरी/ पछिल्लो समय धेरैले रुचाइएको चर्चित जोडी हो अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी । बेला बेलामा निकै चर्चामा आउने गरेको यो जोडी पुन चर्चामा देखिएको छ । केहि समय अगाडी इन्गेंजमेन्ट गरेको यो जोडी अर्को बर्ष बिबाह गर्ने तयारीमा छन् । यतिबेला स्विमिङका समयमा खिचेको तस्बिर सार्वजनिक भएसँगै यो जोडीको चर्चा बढेको हो ।

तस्बिरमा दुवैजना एक अर्कासँग रमाइरहेका छन् । स्विमिङ पुलमा आयुष्मानले प्रियंकालाई उचालेका तस्बिर अहिले चर्चामा छ । ईन्स्टाग्राममा प्रीयंकाले सार्बजनिक गरेको यो तस्वीरमा विभिन्न खाले प्रतिक्रियाहरु आएका छन । एक रमाईलो प्रश्न यो तस्बिरमा गरिएको छ जस्मा प्रीयंकाले पनि जवाफ फर्काएकी छन । ‘कति टेकमा लिएको हो यो तस्वीर ?’ भन्ने प्रश्नमा उनले हास्दै त्यस्तै ७-८ टेकमा भनेर जवाफ फर्काएकी हुन् ।

उक्त्त तस्बिर बाहिरीए संगै धेरैले आफ्नै तरिकाको विश्लेषण गरेका छन् । कसैले मिडियामा छाउन या चलचित्रको प्रसार साथै आफ्नो प्रचारको लागि समेत भन्न भ्याएका छन् ।दिदीभाइको नाताले चर्चामा आएका उनीहरु केही समय पछि प्रेमी प्रेमिकाका रुपमा प्रस्तुत भए । जसले गर्दा सबैको ध्यान यो सुन्दर जोडीप्रति खिचिएको थियो ।

तपाईको प्रतिक्रिया