- सुवास संकल्प

इटहरी/ चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा डिजिटल अडिसनबाट भ्वाईस टेस्ट पास गरेर अर्को अडिसनमा सहभागी बन्न भारत गएका छन् । सुनसरीको इटहरी घर भएका बाल गायक प्रीतम आचार्य यसअघि पनि मिडियामा राम्रै संग छाएका थिए । उनि सुरशाला आईडलको फस्ट रनरअप पनि हुन् । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ बर्षका छन् । हेर्नुस् सारेगमप लिटिल च्याम्पमा जानु अघि गरिएको भिडियो अन्तरबार्ता ।

उनि उक्त शोको अडिसनका लागि आफ्नो आमाबुवा संग केहिदिन अघि गएका हुन् । उनका धेरै गित तथा कभर गीतहरु य़ुटुबमा प्रसस्त छन् । प्रीतम सङ्गीत र पढाइलाई सँगसँगै लागिरहेका छन् ।

प्रीतमका बुबा काशीनाथ आचार्यले ‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउँछु भन्छन् तर मेरो छोरा गायक नै बनोस्, मेरो इच्छा पनि यही हो’ भनेका छन् । आधुनिक, शास्त्रीय दुवै कसिमका सङ्गीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति भएका प्रितमको सुमधुर आवाजले जोसुकैलाई भाबुक बनाइदिन्छ । केहि समय अगाडी देखि गुरु भुपेन्द्र राइले उनलाई निरन्तर अभ्यास गराईरहेको बताए ।

तपाईको प्रतिक्रिया