- सुवास संकल्प

झुम्का/ सुनसरीको रामधुनी झुम्काबाट ‘थारु डान्स स्टार-२०७५’ प्रतियोगिताको अडिशन सुरु गरिएको छ । खोज नयाँ प्रतिभाको उद्देश्य राखेर थारु जागरण अभियानले आज बाट थारु डान्स स्टारको अडिशन झुम्काबाट सुरु गरिएको हो । गाउँ तथा शहरमा रहेका थारु युवा युवतीमा लुकिएको प्रतिभालाई उजागर गर्ने उद्धेश्य थारु डान्स स्टार प्रतियोगिताको विभिन्न सहरमा अडिशन सुरु गरिएको आयोजक जनाएको छ ।

थारु डान्स स्टार प्रतियोगिताको अडिशन रामधुनीको झुम्काबाट सुरु भएर सुनसरीका विभिन्न शहर इटहरी, खनार, इनरुवा, दुहवी, कलाबञ्जर लगायतको शहरमा अडिशन गरिने थारु जागरण अभियान सुनसरीका निर्देशक निशान प्रकृति थारुले जानकारी दिएको छ ।उक्त थारु डान्स स्टार प्रतियोगितामा जुनसुकै जातजातीले सहभागी जनाउन पाइने छ, साथै थारु गीत संगीत लगायत नेपालको तराई मधेसमा भएका मैथली र भोजपुरी गीतहरु मात्रै सहभागी जनाउन पाइने आयोजकले जानकारी दिएको छ ।

उक्त प्रतियोगिता २ महिना सम्म चल्ने छ र प्रतियोगितामा उत्कृष्ट हुनेलाई थारु डान्स स्टार-२०७५ बाट सम्मान गरिने भएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार प्रदान गरिने निर्देशक निशान प्रकृति थारुले बताए । आज भएको थारु डान्स स्टार प्रतियोगितामा झुम्काबाट ६५ जना सहभागी मध्येमा ३२ जना छनौट भएको छ । नृत्य गर्ने चाहने इच्छुक महानुभावहरुले सम्बन्धित ठाउँमा फारम भर्न लागि आयोजकले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया