इटहरी/ यतिबेला मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडा मिस वल्र्डमा प्रबल दाबेदारका रुपमा प्रतिष्पर्धा गरिरहेकी छिन । उनलाई उपाधि जिताउन सबै नेपाली कम्मर कसेर लागेका छन । यता सन २०१० देखि शुरु भएको मिस पुर्बाञ्चल पनि एउटा राष्ट्रिय स्तरकै ईभेन्ट हो । ८ बर्षदेखि निरन्तर भईरहेको यो प्रतियोगितामा बिजेता बनेका सुन्दरीहरु कहाँ के गर्दैछन भन्ने बिषयमा हामीले उनीहरुको खोजी गरेका छौँ । मिस पुर्बाञ्चलको बिजेताहरु सबै अबिवाहित रहेका छन ।

१.सबिना सुब्बा

सबिना सुब्बा प्रथम अर्थात सन् २०१० की मिस पूर्वाञ्चलकी बिजेता हुन् । उनि हाल बिर्तामोडस्थित कन्चनजंगा एफएममा कार्यक्रम सञ्चालिकाको रूपमा कार्यरत छिन् । ५ फिट ३ इन्च अग्ली उनि कार्यक्रम सञ्चालिकाको अलबा गायन र नृत्यको सौखिन हुन । स्नाकोत्तर सकाएकी उनको ब्यापार तथा कलेजमा प्राध्यापकका रूपमा काम गर्ने योजना रहेको उनी सुनाउँछिन ।

२. प्रतिभा श्रेष्ठ

प्रतिभा श्रेष्ठ सन् २०११ की मिस पूर्वाञ्चल हुन् । उनी हाल काठमाण्डौंमा एमबिए अध्यानरत छिन् । ५ फिट ६ इन्च अग्ली उनि ट्राभलिङ गर्न सोखिन छिन । अध्यानका अलवा केही योजना नरहेको उनी बताउँछिन ।

३. अस्मिता गुरूङ

स्मिता गुरूङ सन् २०१२ की मिस पूर्वाञ्चल हुन् । यूकेमा रहेकी स्मिता हाल नर्सिङमार्फत स्नातक गर्दै छिन् । ५ फिट ५ इन्च अग्ली उनी नर्सिङ क्षेत्रमै आवद्ध भएर केही गर्ने बताउँछिन् ।

४. नेहा बजाज

नेहा बजाज सन् २०१३ की मिस पूर्वाञ्चल हुन् । स्नाकोत्तर सकाएकी उनी हाल काठमाण्डौं स्थित फर्मास्टिकल कम्पनिमा एकाउन्टेटका रूपमा कार्यरत छिन् । ५ फिट ६ इन्च अग्ली उनि पुस्तक पढ्न सौखिन रहेकी छिन् ।

५. नेमिता आङ्बुहाङ

निमिता आङ्बुहाङ सन् २०१४ की मिस पूर्वाञ्चल हुन् । स्नाकोत्तर सकाएकी उनी हाल काठमाण्डौ स्थित एजुकेशन एसियामा काउन्सिलरका रूपमा कायर्रत छिन् । ५ फिट ३ इन्च अग्ली उनस् काउन्सिलिङका अलावा कार्यक्रम सञ्चालिकाको रूपमा कार्यरत छिन् ।

६. प्रियङ्का श्रेष्ठ

प्रियाङ्का श्रेष्ठ सन् २०१५ की मिस पूर्वाञ्चल हुन् । ट्राभलिङगको सोख भएकी उनी हाल काठमाण्डैमा बसोबास गर्छिन् । उनि चार्टड एकाउन्टेड अध्यानरत छिन् । ५ फिट ६ इन्च अग्ली उनको अध्यानका अलावा केही योजना नरहेको बताउँछिन ।

७. कृतिका गिरी

कृतिका गिरी सन् २०१६ की मिस पूर्वाञ्चल हुन् । ५ फिट ५ इन्चकी उनी हाल काठमाण्डौ स्थित गोल्डेनगेट इन्टरनेशनलमा जोनार्लिजम लिएर व्याचलर गर्दै छिन् । पढाइ एवं ट्राभलिङ गर्न सौखिन उनि भविश्यमा एयरहोस्टेज बन्ने लक्ष्यका साथ तालिम समेत लिइरहेको बताउँछिन ।

७. रूबी लिम्बु

रूबी लिम्बु सन् २०१७ की मिस पूर्वाञ्चल हुन् । उनी धरान स्थित सुनसरी टेक्निकल कलेजमा बिएससी चौथो बर्षमा अध्यानरत छिन् । ट्राभलिङ गर्न सौखिन उनी ५ फिट ३ इन्च अग्ली छिन् । भबिश्यमा उनि अध्यायनको क्षेत्रमा माइक्रो बाइलोजीमा केही गर्न चाहान्छिन् ।
– पुर्बेली न्युजबाट ।

तपाईको प्रतिक्रिया