काठमाडौं/ बलिउडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’को पहिलो गीत सार्वजनिक भएको छ । उक्त फिल्मको गीत जिन्दगीलाई जी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सम्भवत नेपालि गीत भारतीय युट्युब च्यानलमा यसरि सार्बजनिक भएको यो पहिलो पटक हो ।

यसलाई हामीले नेपालि भाषाको प्रबर्धन तथा फैलावट भनेर पनि खुशी ब्यक्त गर्न सक्छौ । सार्बजनिक ‘हास्दै’ बोलको गीतलाई नोभेम्बर २२ मा सार्बजनिक गरिएको हो । उक्त गितमा पीयूष नेपालको स्वर रहेको छ । भने गीतमा अर्जित दत्तको सङ्गीत रहेको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

गीतमा शब्द पवन चाम्लिङ्ग किरणको रहेको छ । अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको फिल्मको सह निर्माताको रुपमा चिल्डेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ । फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया