इटहरी/ यहि मंसिर २१ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र प्रसाद रिलिज अगाबै युरोपका विभिन्न देशहरुमा प्रदर्शन हुने पक्का भएको छ ।सुशिल पौडेलको कथा लेखन रहेको उक्त्त चलचित्रलाइ दिनेश राउतले निर्देशन गरेका छन् । चलचित्र ‘प्रसाद’को पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ त्यस्तै अष्ट्रेलियाका विभिन्न ठाउहरुमा क्रमश ७,८,९ र १० डिसेम्बरमा प्रदर्शन हुनेछ । हेर्नुस ट्रेलर

अस्ट्रेलिया,डेनमार्क,पोल्याण्ड,माल्टा,जर्मनी,फिनल्याण्ड,नर्वे,पोर्चुगल,बेल्जियम लगायतका देशमा फिल्म ‘प्रसाद’ प्रदर्शनको लागि पक्का भएको निर्माण टिमले जानकारी गराएको छ । फिल्मको ट्रेलर साथै गीतले दर्शकहरुको ध्यान प्रसाद तर्फ तानिरहेको समेत निर्माण टिमको भनाइ रहेको छ ।

चलचित्र ‘प्रसाद’मा अभिनेता विपिन कार्की, निश्चल बस्नेत, अभिनेत्री नम्रता श्रेष्ठ, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय रहेको छ । राजेश श्रेष्ठले छायाँकन गरेको उक्त्त चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया