ईटहरी/ पछिल्लो समय नेपाली सिने उधोगमा प्रतिक्षित मानिएको फिल्म ‘द ब्रेकअप’को नया गीत सार्बजनिक भएको छ । नायक आशिरमान देश राज जोशी र नायिका शिल्पा मास्के अभिनित फिल्म द ब्रेकअपको ‘हरपल’बोलको गीत सार्बजनिक भएको हो । पुष २७ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको उक्त फिल्मको सार्बजनिक गीतमा कलाकारहरुले खुलेरै सिन दिएका छन् ।

आधुनिक जमानाका नेपाली युवापिढीले निक्कै रुचाउदै गएको इन्टिमेट, किस र लिपलक सिनहरुले पनि फिल्ममा स्थान पाउँन थालेका छन् । जस्लाई यो गीतले पनि निरन्तरता दिएको छ । एकपछि अर्काे गर्दै फिल्ममा कलाकारहरुले यस्ता दृश्यहरु ढुक्कसंग दिन थालेका छन् । हेर्नुस् सार्बजनिक गीत यस्तो बनेको छ ।

गीतमा केमेस्ट्री निकै जमेको देखिन्छ भने यी २ को चर्चा फिल्ममा अनुबन्धित भएदेखी कै हो । गीतमा विराज गौतमको स्वर र संगीत रहेको छ भने प्रकाश मल्लको शब्द रहेको छ । सो गीतको भिडियोलाई अष्ट्रेलियाको मनोरम दृश्यहरुमा छायांकन गरिएको छ ।

फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव-कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । हेमराज बिसीको निर्देशनमा तयार भएको यो फिल्म बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती मा बनेको हो ।

फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि पनि निर्देशक बिसी र आरिशमानबीचको यो दोस्रो सहकार्य हो यसअघि यी दुईले ग्याङस्टर ब्लुजमा काम गरेका थिए जुन फिल्म असफल भएको थियो ।

तपाईको प्रतिक्रिया