ईटहरी/ नेपाली कथानक चलचित्र पुरानो बुलेटको ‘मंसिर पन्ध्रमा’ बोलको गीत सार्बजनीक भएको छ । उत्तम जंग लिम्बु र मेलीना राईको स्वरमा सजिएको गीत भिषण राईले निर्देशन गरेका छन् । प्रसान्त तामाङ्गको कोरियोक्राफी रहेको गीतलाई हरी घलेले छायाङ्कन गरेका छन् । राम भट्टराईको शब्दमा रहेको गीतमा अनुप बिक्रम शाही र वर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ । हेर्नुस् स्भिडियो यस्तो बनेको छ ।

पुर्वको लोकप्रिय पर्यटकिय स्थल गोकुलम रिसोर्ट लगायतका ठाउहरुमा लोक लयको गीतमा अनुप र बर्षाले मज्जैले कम्मर मर्काएका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बुको निर्माण रहेको उक्त चलचित्रको कार्यकारी निर्माता सन्तोष राई रहेका छन् ।

चलचित्रमा अनुप र बर्षासँगै माला लिम्बु, कृष्णभक्त मर्हजन, कविता आले, शिव मुखिया, बारत लिम्बु, बादल श्रेष्ठ, करन धिताल, मातृका पौडेल, शिरोमणी दवाडी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यस चलचित्रको रिलिज डेट चैत १ गते यानिकी चैते दशैको अवशरमा देशभर एकैसाथ प्रदशनमा आउने निमार्ण पक्षले बताए ।

तपाईको प्रतिक्रिया