ईटहरी/ चैत्र १ गतेलाई रिलिज मिति तय गर्दै फिल्म ‘जानी नजानी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ, सन्नी सिंह, नम्रता श्रेष्ठ र निरिषा बस्नेत फिचर्ड छन् ।

पोस्टरमा सबै कलाकार रोमान्टिक देखिएका छन् । बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको फिल्म जानी नजानीमा मनिष, सन्नी, नम्रता र निरिशाको अलावा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय रहेको छ ।

फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको छ । यसै फिल्म मार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा बस्नेतले फिल्ममा डेब्यु गरेकी छिन ।

रोशनी केसीको प्रस्तुतिमा बन्ने फिल्मलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया