ईटहरी/ फिल्म ‘रणवीर’को टिजर सार्बजनिकको केहि दिन नहुदै यसको चर्चा हुन थालेको छ । फिल्मको सार्बजनिक टिजरलाई हेरेर सिनेप्रेमिहरुले साउथ फिल्म जस्तो भनेर प्रतिक्रिया दिन थालेका छन् । टिजरमा ह्याण्ड्सम भिलेनको ट्याग पाएका अभिनेता प्रशान्त ताम्राकार र सुशील सिटौला मुख्य रुपमा फिचर छन् । यी २ को एक्सन अवतार हेर्न लायकको छ । हेर्नुस टिजर

माघ १८ गतेबाट प्रर्दशनको तयारी गरेको फिल्ममा प्रशान्त नेगेटिभ रोलमा छन् भने सुशीलले यो फिल्मको लागि आफ्नो शरीरलाई ७० केजीबाट बढाएर ८५ केजी बनाएका थिए ।

फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । करीब दुई करोडको लगानीमा फिल्म निर्माण भएको बताइएको छ । एक्सन जनराको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया