इटहरी/ झरना थापाको निर्देशनमा तयार हुँदै गरेको चलचित्र ‘ए मेरो हजुर ३’ को केही तस्बीरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । सार्वजनिक तस्बीरहरुमा सुहाना निकै बोल्ड देखिएकी छन भने अनमोल रोमान्टिक मुडमा देखिएका छन । उक्त तस्बीरहरु चलचित्रमा समाबेश गीतको छायांकनको हो मनाङमाको अाइस लेखमा छायांकन गरिएको गीतमा आशिष अविरल र प्रतिक अधिकारीको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको छ ।

‘ए मेरो हजुर ३’ मा अनमोल के.सी एक गायक को भूमिकामा देखीदै छन भने सुहाना थापा उन्को फ्यानको भूमिकामा छीन । म्यूजिकल लभस्टोरीमा निर्माण हुँदै गरेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन । चलचित्रमा अनमोल र् सुहाना सँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ चलचित्र यही चैत २९ गते बाट मा प्रदर्शनमा आउने तयारी छ ।

तपाईको प्रतिक्रिया