काठमाण्डौ/ आर्टिस्ट नेपाल मार्फत मोडलिङ्गमा पाईला चालेकी ईनाको लक्ष्य नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाईरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया ईना सा‌ंगाछेँ सानैदेखी नृत्यमा तथा बिशेषगरी चर्यानृत्यमा निकै अब्बल छिन । जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ बर्षको उमेरदेखि नै नृत्य सिकेकी हुन ।

कला मण्डपका नित्यगुरु मिन बज्राचार्य र नेपाल सांस्कृतिकका नित्यगुरु महेश हाडासंग चर्यानृत्यको प्रक्षिक्षण लिएकी उनले हिपहपको फेशनलाईनका सुरज लिम्बुसंग र ब्रेक तथा बिबोईङ्ग डान्स अमन कपालीसंग सिकिन । उनी हालकेही कलाकेन्द्रमा नृत्य प्रक्षिक्षककोरुपमा कार्यरत पनि छिन् ।

सिभिल ईञ्जिनियरिङ्गमा डिप्लोमा गरिरहेकी उनि आफुमा भएको अन्तर्निहित प्रतिभा देखाउन ग्ल्यामर फिल्ड प्रवेश गरेको वताईन । ५.५ फिट उचाई भएकी ईना म्युजिक भिडियो तथा चलचित्रमा आफ्नो भबिष्य खोजिरहेकी छिन । नृत्य बाहेक अभिनयमा पनि पोख्त ईनाले केहि वेब सिरिज तथा केहि म्युजिक भिडियोहरु पनि खेलिसकेकी छिन ।

उनले नायिका तथा मोडलिङ अबसरको लागि प्रतिभा र क्षमतालाई आधार मानेर आउने प्रस्ताव स्वीकार्य हुने बताईन । उनी यसै फिल्डमा केही गर्ने सोचका साथ आबश्यक ट्रेनिङ लिएको र ति कुराहरुको कदर हुनुपर्ने बताईन । ईनाको प्रस्तुत तस्विरहरु सरिता थापाको श्रिङ्गारमा आर्टिस्टनेपाल स्टुडियो काठमाण्डौमा फोटोग्राफर कुबेर तामाङ्गले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया