ईटहरी/ गायक राजेश पायल राईले राई ईज किङको मात्र उपनाम पाएका छैनन् । उनको संगीत यात्राको क्रममा खासै पछि फर्केर हेर्नू नपरेको राजेशले केही समय अघि अमेरिकामा ठूलो सम्मान पनि पाए । हालै उनै गायक राजेशको एक गीत सार्बजनिक भएको छ । राई ईज किङको ‘रंगियो रे उनको सिउदो’ बोलको उक्त गीतलाई मेरो अनलाईन टी. भी. युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हेर्नुस् भिडियो ।

भिडियोमा जीवनभर सँगै जिउने बाचा गरेको एक जोडिको कथामा केटीको अर्कैसँग विवाह हुँदाको पीडा देखाईएको छ । उक्त गीतमा राजेन्द्र राईको शब्द रहेको छ भने एरेन्ज मानसी किरणले गरेका हुन् । सङगीत सर्जुन राईले गरेका छन् भने निर्देशन पनि सर्जुन कै रहेको छ ।

उक्त म्युजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका हुन् भने ड्रोन पाइलटको भूमिकामा अविनाश मानन्धर छन् । अहिले चर्चामा रहेकी नायिका मिरुना मगर, रुपेश चाम्लिङ राई र पहिलोपटक म्युजिक भिडियोमा डेब्यु गरेका चर्चित सञ्चारकर्मी बिश्व लिम्बुको मुख्य अभिनय रहेको छ । भिडियोलाई राजधानीको विभिन्न भागमा छायांकन गरिएको छ ।

तपाईको प्रतिक्रिया