उर्लाबारी/ मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवालको बेलायती पत्रिकाको अनलाइन ‘डेली मेल डटकम’ले लामो समाचार बनाएसगै उनको चर्चा विश्वमाझ भएको छ । स्थानीय एक विद्यालयमा स्कुल बस सहचालक रहेका उनी केही महिनायता युट्यूवमा चर्चामा थिए । उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।

जिब्रोले निधार र आखिभौ छुने, चिउडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । पहिलोपटक युवामन नेपाल युट्यूव च्यानलले उनको अद्भुत क्षमतालाई बाहिर ल्याएको थिए । युवामन नेपालका पत्रकार किसोर श्रेष्ठको पहलमा काठमाण्डौ पुगेका उनले चर्चित टेलिफिल्म मेरी बास्सैमा पनि अभिनय गरेका छन् । पछिल्लो चर्चाले आफ्नो ‘गिनिज बुक’मा रेकड राख्ने उदेश्य पुरा हुने अपेक्षा बढेको पनि उनले बताएका छन् ।

पारिवारीक अवस्था नाजुक रहेका उनी कमाएर बुबाको उपचार गर्ने लक्ष्य रहेको बताउछन् । उनले देश विदेशमा रहेका नेपालीहरु माझ आफ्नो कला देखाउने चाहना रहेको बताउाछन् । एउटा मात्रै दाात भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउछन् । यज्ञबहादुरको बारेमा डेली मेलले लामो समाचार बनाएर सम्प्रेषण गरिदिएपछि उनको चर्चा थप बढेको छ ।

तपाईको प्रतिक्रिया