ईटहरी/ नेपालि सिनेमा घरहरुमा हरेक साता फिल्महरु एक अर्का संग जुध्ने परम्परा निकै पुरानो हो । तर जुध्नु रहर हैन बाध्यता हो । यस्तै यो साता सुक्रबार पनि फिल्मको भिडन्त हुदै छ । झरना थापा अभिनित फिल्म ‘झिल्के’ भोलि सुक्रबार २१ गते सार्बजनिक प्रदर्शनमा आउदै छ भने यो संगै निश्चल, नम्रता तथा बिपिन अभिनित प्रसाद पनि भोलि बाटै सार्बजनिक प्रदर्शनमा आउदैछ । यी २ फिल्मको आफ्नो आफ्नै बिसेषता छ । हेर्नुस ट्रेलर यस्तो छ ।

फिल्म झिल्केमा झरनाले आफ्नो होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर-३’को काम भैरहेकोले ‘झिल्के’ प्रचार प्रसारमा समय दिन नसकेको निर्माण टिमले बताएको छ । यसैले पनि प्रसाद भन्दा केहि ओझेल परेको हो कि भन्न सकिन्छ । तर फिल्मले राम्रो प्रतिक्रिया पाउनेमा फिल्मका लेखक तथा निर्देशक लाखमान योञ्जन तामाङ्ग ढुक्क छन् । फिल्ममा मनोरन्जनको पाटो त छदै छ यता फिल्ममा बेरोजगारीको कथा, श्रीमतीको खुसीको लागि किड्नी बेच्ने कथा लगायतको बिषयलाई पनि फिल्मांकन गरिएको छ ।

कोशी पुर्वको रमणिय स्थानहरुमा छायांकन भएको फिल्मलाई भोलिबाट देशभर एकसाथ प्रदर्शन गरिदै छ भने यता ईटहरिका हलहरुमा पनि राम्रो शो पाएको निर्देशक लाखमानले बताएका छन् । कोशी भिजन फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको फिल्मलाई सुमन तामाङ्गले छायांकन गरेका हुन् । यो फिल्म झिल्के बाट पुकार गौतमले नेपालि फिल्म उधोगमा डेब्यु गर्दैछन् । फिल्मको गीत संगीतमा भिम बस्नेत, कुन्दन राइ, देबेश राई र गणेश रिजालको संगीत रहेको छ भने झरना, पुकार संगै केशब रायमाझी, मोनिका दाहाल, राजा कुमार डिसि, टिएस योञ्जन, राजिब शाह, राजु श्राफ लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया