एजेन्सी/ प्रियंका चोपडा र अमेरिकी गायक निक जोन औपचारिक रुपमा विवाह बन्धनमा बाधिएका छन् । गत शनिबार इसाइ परम्पराअनुसार विवाह गरेका उनीहरुले शुभ विवाहको अवसर पारेर १८ फिट अग्लो केक काटेका थिए । आइतबार उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरेका थिए ।

दिल्लीमा भएको विवाहको भव्य पार्टीमा नवविवाहित जोडीलाई शुभकामना दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित भएका थिए । यतिबेला भने सामाजिक सञ्जाल यी दुईको विवाहको तस्वीरहरुले रंगिन बनेका छन् । अझै प्रियंकाले बिहेमा लागएको गाउनले त बिश्वभर चर्चा पाएको छ ।

यद्यपी इसाइ परम्पराअनुसार विवाह गर्दा निक र प्रियंकाले एक साथ हतियार उठाएर केक काटेको भिडियो सामाजिक संजालमा भाइरल छ । उनीहरुले मुम्बाईमा भव्य विवाह पार्टीको आयोजना गर्ने छन् । पार्टीमा बलिउडका हस्तीहरु उपस्थित हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया