ईटहरी/ आफु दृष्टिबिहिन भएपनि आफ्नो कला देखाउन पछि नपर्ने गायिका मेनुका पौडेल सफलताको अर्को सिखरमा लम्किदै छिन । नेपाल आईडलको पहिलो सिजनमा ११ औ स्थान सम्म पुगेकी उनि हाल छिमेकी राष्ट्र भारतको टेलिभिजन च्यानलमा प्रसारण हुने सर्वाधिक चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा आफुलाई खरो प्रतिष्पर्धीको रुपमा उभ्याएकी थिइन् । अन्तत उनि त्यस मन्चबाट पनि उत्कृष्ट ११ हुदै घर फर्किनु परेको छ ।

सारेगमप् बाट बाहिरिएपछि उनले आज एक स्टाटस लेख्दै ‘Top 11 सम्म आइपुग्नु मेरो लागी धेरै ठुलो गर्व को कुरा हो अर्को साल फेरि यो कार्यक्रम मा आउनु पर्छ भन्ने लागेको छ आज झापा आउदै छु भोली ktm आइपुग्छु अड्किएका यति धेरै काम हरू अब हामी फटाफट सुरु गर्ने छौ आशा छ की याहाँ हरु को मायाँ साथ आशिर्वाद सधै रहने छ’ भनेकी छिन ।

नेपालमा पहिलो पटक सारेगमपको अडिसन भएको थियो जस्मा उनि सेलेक्ट भएकी थिईन् । जि टिभीबाट प्रसारण हुने उक्त रियालिटी शोमा मेनुकाले हरेक पटक मनै छुने प्रस्तुती दिदै सम्पुर्ण निर्णायक तथा देश बिदेशका दर्शकहरुको मन आफु तिर तान्न सफल भएकी थिइन् । नेपालमा पहिलो पटक अडिसन भए संगै उनको प्रस्तुति ‘सारेगमप’ मा एउटा ईतिहास बन्न सफल भएको जर्जहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया