युके/ लोक तथा दोहोरी गित संगीतमा निरन्तर लाग्नु भएका सुमुधुर स्वरका धनि कलाको खानी बहु प्रतिभाशाली स्कटनेपाल रोधीघर प्रस्तोता ‘नीलमणी भण्डारी’ साथै सहकर्मी प्रमिला राइको सहकार्यमा तयार पारिएको बिशेस प्रस्तुति ‘स्कटनेपाल रोधीघर’ स्कटनेपाल डट कम मार्फत निरन्तर दर्शक स्रोताहरुको माझ पुराउने कोशिस स्कटनेपालले गरिरहेको छ । यस रोधीघरमा बिशेष गरेर जो कलाकार कला गलाको प्रतिभा हुदा हुदै पनि ओझेलमा परेका छन् । हेर्नुस भिडियो

उनिहरुको लागी ढोका खोल्ने बाटो देखाउने जमर्को पनि गरेको छ । प्रस्तोता लोक दोहरी गायक निलमनी भण्डारी यस स्कटनेपाल रोधीघरको निरन्तर रुपमा संचालन गर्दै आएका छन् । नेपाली संगीत नेपालको मौलिक संगीत हो । नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकाल देखिनै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन् ।

त्यस्तै माथिको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभावहरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यक्रम ”रोधीघर” दोहोरि घम्सा घम्सी ‘काली पारे दाइ’ एकदमै मन छुने भाकामा निलमनी भण्डारी, गीता रोका र प्रमिला राइको मिठो सुमुधुर स्वरमा प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया