ईटहरी/ चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वर्ल्ड प्रतियोगिताको फाईनल भोटिङ केहीबेर अघि खुल्ला भएको छ । मात्र दुई दिनको अवधि छ, त्यसैले मिस वर्ल्डको ताज कुन देशको सुन्दरी सिरमा हुने हो भनेर सबैको चासोको बिषय बनेको छ । मिस वर्ल्डको अन्तिम चरणको फाइनल भोट खुलेको जानकारी मिस वर्ल्डको आधिकारिक फेसबुक पेज संगै शृङ्खलालले पनि सामाजिक संजालमा जानकारी गराएकी हुन् ।

मिस वर्ल्डको बिजेताको लागि प्रमुख दाबेदारी मानिएकी श्रृङखलालाई जिताउन यो छोटो अबधिमा नेपालि हरुले धेरै भन्दा धेरै भोट गर्नुपर्ने हुन्छ । यद्यपि उनले अब भोटको भरमा मात्र मिस वर्ल्डको ताज पहिरिने भने पक्कै हैन । तर भोटको पनि विशेष महत्त्व हुन्छ । विश्वभरका नेपाली हरु तथा श्रृङखलालाई सपोर्ट गर्ने ब्यक्तिहरुले ३ माध्यमबाट भोट गर्न सक्नेछन् ।

मिस वर्ल्डको आधिकारिक वेबसाईटमा गएर शृङ्खलालाई भोट गर्न सकिनेछ भने मोबस्टार डाउनलोड गरेर पुरानै तरिकाले उनलाई भोट गर्न सकिन्छ । र उनलाई भोट गर्न मोडल पावर लाईभ मार्फत पनि भोट गर्न सकिने कुरा मिस वर्ल्डको पेजमा उल्लेख छ । भोटिङ लाईन मिस वर्ल्ड फाईनलको लाईभ टेलिकास्टको बेला सम्म खुल्ला हुने छ । यता श्रृङखलाको हौसलालाई अझै बढाउनको लागि उनको आमाबुबा सहित एक टोलि चीन प्रस्थान गरेको छ । सम्पुर्ण नेपालिको आशलाई शृङ्खलाले निरासामा परिणत गर्ने छैनन् भन्ने कामना गर्दछौ ।

तपाईको प्रतिक्रिया