नेपालमा बिनासकारी भुकम्पले हजारौं घरहरू माटोमा मिल्यो, कयौ मान्छेहरुको मृत्यु भयो । मर्नेको त सम्झना मात्र बाकी रह्यो तर बाचेका लाई बासको अति जरुरी भयो । घर लड्यो जोडेको सामान र सम्पत्ति पनि घर संगै हरायो । बस्ने बासको अत्यावश्यक भएपछि सस्तो, राम्रो र टिकाउ घर संगै भुकम्प प्रतिरोधी घरको बिकल्पको खोजी हुनथाल्यो । खान लाउन त मान्छेको दैनिकी नै थियो तर बस्ने बास ढल्दा बर्षौ बर्षको मेहनत केही सेकेन्डमै तहसनहस भयो । लाखौ करोडौ खर्च गरेर बनाएको घर क्षणभरमै आँखा अगाडि ढल्दा कोहिपनी मन थाम्न सक्दैन । तर, अब यसको बिकल्प पनि छ । अन्ततः आयो प्रीफ्याब । युरोप तथा पस्चिमी देशहरूमा यस्ता खाले भुकम्प प्रतिरोधात्मक घरहरु बनाईन्छ । छाना छाउन तथा दिवाल वा पार्टेसनको लागि पनि यो निक्कै उत्तम छ । हेर्नुस् भिडियो

विक्रम संबत २०६४ साल, सुनसरीको धरानमा धरान स्टिल फेब्रीकेटर वर्कको स्थापना भयो । धरान ८ तिनकुने अवस्थित औद्योगिक क्षेत्रमा रहेको यो उधोगले फलाम, स्टिल, आल्मुनियम, तार-जाली सम्बन्धि काम गर्छ । भुकम्पले घरहरू तहसनहस भएपछि यसको विकल्प स्वरुप सस्तो, भरपर्दो र आकर्षक घर निर्माण तिर धेरैको ध्यान केन्द्रित भएको छ । सेवामा सधै तत्पर धरान स्टिल फेब्रीकेटर वर्क पनि भुकम्प प्रतिरोधात्मक प्रीफ्याब घर निर्माणमा बिगत ३ वर्षदेखि निरन्तर छ । धरानको पुर्वान्चल ईन्जिनियरिङ कलेज देखि औद्योगिक क्षेत्रको मुख्य गेटबाट धरान स्टिल फेब्रीकेटर वर्क सम्म पुग्नलाई करिब ५ देखि १० मिनेट लाग्छ । ग्राहकहरुको सन्तुष्टि र सकारात्मक प्रतिक्रियाले हौसिएको यो उधोगले अझै उत्कृष्ट माथी सर्वोत्कृष्ट सेवा प्रदान गर्ने यसका संचालक सन्जय चौधरी भन्छन् ।

यो उधोगले आफ्ना ग्राहकहरुको अनुरोधलाई मध्यनजर गर्दै कारखाना भन्दा बाहिर गएर पनि सेवा प्रदान गरिरहेको छ । यो उधोग भुकम्प प्रतिरोधात्मक प्रीफ्याब घर निर्माणमा अहिले निक्कै अग्रसर रहेको छ । ३ वर्ष भित्रमा धरान स्टिल फेब्रीकेटर वर्कले धरान संगै ईटहरी, बिराटनगर, झापा, ईलाम, धनकुटा लगायत अन्य थुप्रै ठाउमा पुगेर लगभग १५० ओटा भुकम्प प्रतिरोधात्मक प्रीफ्याब घरको निर्माण गरिसकेको छ । यो उधोगमा हाल अनुभव प्राप्त ४० जनाले निरन्तर काम गरिरहेका छन् । प्रीफ्याब अर्थात भुकम्प प्रतिरोधात्मक घर यो आधुनिक समयको माग र आजको आवस्यकता बनेको छ ।

आजभोलि हरेक ब्यक्ति मिनेट मिनेटमा ब्यस्त हुन्छन् । कम समयमा घर निर्माणको बिकल्प पनि हो यस्ता किसिमको घरहरु । सुन्दर, आकर्षक र टिकाउ हुने प्रीफ्याबका घरहरु जाडो मौसममा चिसो नछिर्ने र गर्मी मौसममा तातो नछिर्ने खालको हुन्छ । तपाईले यो किसिमको घर बनाउनु भयो भने भुकम्पबाट जोगिन धेरै सहज छ । किन कि यस्ता घर निर्माणका लागि कम वजन र फलामको स्टकचर प्रयोग गरिएको हुन्छ । त्यसैले मानवीय स्वास्थ्यमा पनि ख्याल गर्दै कुनै पनि खाले असर नपर्ने गरि उच्च गुणस्तरीय सामानहरु प्रयोग गरिन्छ । तपाईकै रोजाईको रङ्ग, विभिन्न आकर्षक डिजाईनहरु संगै यस्ता खाले घर बनाउदा अन्य घरहरूको तुलनामा ४० देखि ६० प्रतिशत सम्म तपाईको लागत कम हुन्छ ।

तपाईलाई कति फराकिलो घर बनाउन मन छ ? हो, तपाईकै आवस्यकता अनुसारको साईजमा घर निर्माण गर्न सकिन्छ भने यस्तो घर आगो, पानी, किरा र धमिराबाट पनि अति सुरक्षित छ । १० देखि ५०/६० बर्ष सम्म टिक्ने प्रीफ्याबको घर तौल कम हुने हुदा यसको जग पनि कन्कृटको घर जस्तो खर्चिलो हुदैन । त्यस्तै स्टिल स्टक्चरमा आधारित प्रीफ्याब बाट बहु-तल्लाको घर पनि निर्माण गर्न सकिन्छ भने हावाको तिब्रता, तापक्रम आदिलाई बिचार गरेर त्यसलाई सहनसक्ने निर्माण सामग्री प्रयोग गरिन्छ । छोटो समयमा नै आकर्षक घर निर्माण गर्न सकिने प्रीफ्याबले एउटा कोठा देखि पूरा घर, पसल बिध्यालय तथा कार्यालय र सभाहलहरु पनि भुकम्प प्रतिरोधात्मक बनाउन सकिन्छ ।

यस कम्पनिबाट निर्माण भएका घरहरुका घरधनी हरु पनि निक्कै खुसी छन । छोटो समयमा आकर्षक अनि कम लागतमा घर बनेको खुसी त छदै छ । उता भुकम्प प्रतिरोधात्मक घरमा आनन्द साथ बस्न पाएको खुसी पनि सुनाउछन् । अब तपाई पनि धेरै नसोच्नुस । सहि समय यहि हो । तपाईको थोरै लगानीले बस्ने बास मात्र बन्दैन, सन्तुष्टि र खुसी मिल्नु त एकातीर छ भने भुकम्पको डरबाट पनि मुक्त हुन सकिन्छ । तपाईं अब सहि निर्णय लिनुस । भुकम्पको कुनै पनि भर हुदैन, जतिबेला पनि आउने सम्भावना हुन्छ । त्यसैले धरान स्टिल फेब्रीकेटरमा गएर प्रीफ्याब बाट भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुस अनि ढुक्क संग बस्नुस र बाच्नुस ।

तपाईको प्रतिक्रिया