नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ को तयारी अगाडि बढाईएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शो को औपचारिक घोषणा गरिएको हो । थ्रि प्रोडक्सनले नेपा प्रोडक्सन सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । शो मा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंह लगायत निर्माताको रूपमा रहेका छन् । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शो को होस्ट सुमन कोइरालाले गर्नेछन् ।

कमेडी च्याम्पियनबाट चर्चामा आएका सुनसरीको इटहरीका कोइराला पछिल्लो समय कला क्षेत्रमा रम्दै आएका छन् । सुमनलाई होस्टमा साथ दिन चर्चित कार्यक्रम सञ्चालिका रीमा विश्वकर्मा रहनेछिन् । शो को सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेने छिन् । निर्देशक भण्डारी राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही अवसर दिने सोचले यस शो सुरु गर्न लागिएको बताउँछन् । उनी भन्छन्, ‘राम्रो नृत्य गर्ने बालबालिकाले प्ल्याटफर्मको लागि विभिन्न देश पुग्नु पर्ने हुन्थ्यो ।

तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ। जर्जको रूपमा भने डान्स इन्डिया डान्स लिल चाम्सकी विजेता तेरिया मगर, डान्स प्लस सिजन २ का प्रतियोगी सुशान्त खत्री र बुगी बिगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शो मा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहने छन् । रियालिटी शो मा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया