हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्सिङ विथ स्टार्सको अहिले २३ औं एपिसोड (सेमिफाइनल)मा पुगिसकेको छ भने अब डान्सिङ विथ स्टार्सको सहभागी टिममध्ये ३ ओटा टिम मात्र बाकि छन्। डान्सिङ विथ स्टार्सको हरेक एपिसोडमा कुनै न कुनै अतिथिलाइ बोलाउने गरिन्छ त्यस्तै २३ एपिसोडमा अतिथिको रुपमा उपस्थित भएका थिए भुवन के.सी। भुवन केसी र गौरी मल्ल नेपाली चलचित्रका समकालिन कलाकार हुन् । उनीहरुले थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । यो जोडीको मित्रता खुलेर प्रकट भयो हालै एक टिभी रियालिटी शोमा । नेपाली चलचित्र क्षेत्रमा ‘रोमान्स किङ’ को छवि भएका भुवन केसी उक्त टिभी रियालिटी शोमा अतिथिको रुपमा भित्रिएका थिए।

उक्त शोमा डेढ घन्टा सम्म भुवन र गौरीबीचको केमेन्ट्रीलाई मज्जाले नियाल्न सकिन्छ । गौरी उक्त रियालिटी शोकी निर्णायक समेत हुन् । कार्यक्रमका होस्ट सुमन कार्कीले भूबन के.सीलाइ ‘रोमान्स किङ’ भनेपछि गौरीले जोक गर्दै भनिन, ‘के रे सुमन, रोमान्स किङ रे यो ?’ त्यसपछि भुवनतिर फर्किएर हाँस्दै भनिन्, ‘तेरो र मेरो रोमान्स त कहिल्यै भएन, त्यत्रो फिल्म सँगै खेलेर पनि के भाको ?’ भुवन पनि के कम । आफ्नै शैलीमा जवाफ दिए, ‘अब हुन्छ, अब हुन्छ, डन्ट वरी ।

पहिले मौका दिइस र ?’ गौरीले झन् कडा जवाफ फर्काइन्, ‘तेरो र मेरो रोमान्स सपनामा पनि हुँदैन के कन्यादानमै सकियो हाम्रो रोमान्स त ।’ अर्को सन्दर्भमा पनि गौरीले भुवनलाई फेरि घोचपेच गरिन् । भुवनले आफूलाई खासै राम्रो नृत्य गर्न नआउने बताउदा गौरीले छेड हान्दै भनिन्, ‘खासै आउँदैन रे ? आउँदै आउँदैन भन् न ।’ यसरी पाका कलाकारहरु बीच ‘तँ–तँ र म म’ शैलीमा संवाद भइरहँदा कतिपय दर्शकले भने अनौठो मानेका छन् । यसको भिडियो क्लीप टिकटकमा पनि भाइरल भएको छ । राष्ट्रिय टेलिभिजनमा प्रशारण हुने कार्यक्रममा गौरीले भुवनलाई तँ नभनेको भए हुन्थ्यो भन्ने एकथरिको विचार देखियो । अर्काथरिले चाहिँ उनीहरुले औपचारिकता निभाउनुभन्दा आफूहरुको स्वभाविक मित्रतालाई उजागर गरेको भन्दै प्रशंसासमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया