- धर्मराज नेपाल

ईटहरी/ पछिल्लो समय टिकटक एउटा यस्तो माध्यम बन्यो जसले गर्दा धेरै मानिसले आफ्नो प्रतिभालाइ बाहिर ल्याउने र आफु हिट हुने अवसर पाए भने धेरैको त् आफ्नो करियरको सुरुवात नै टिकटकबाट भयो भन्दा फरक नपर्ला । त्यस्तै पुर्बमा रहेर आफ्नो कला, ब्यबहारमा भोगेका र आफुले देखेका विभिन्न घटनालाई आधार बनाएर टिकटकमा आफ्नो भिडियो राखेर भाइरल हुदै आएकी मान्नु खड्का पनि एक हुन ।

उनि टिकटक बनाउन मात्र नभई हिमशिखर टेलिभिजनमा बिगत लामो समयदेखि कार्यरत छिन । पछिल्लो समय उनलाइ नचिन्ने टिकटक युजरहरु सायद कम नै होलान, किनकि उनि पूर्व अर्थात प्रदेश १ को पहिलो भेरिफ़ाइड टिकटकर हुन भने उनलाई टिकटकमा फलो गर्नेहरू १३ लाख भन्दा बढी छन् । हेर्नुस् केही खास खुलासा सहित उनी संग गरिएको रमाईलो कुराकानी ।

उनका प्राय टिकटक भिडियोहरु आफ्नै ब्यबहारमा लागु भएका र धेरैको जीवनसंग मेल खाने खालका हुने गर्दछन । टिकटकमा भाईरल भएपश्चात् उनलाई म्युजिक भिडियोमा खेल्ने अवसर पनि न आएको हैन तर पनि म्युजिक भिडियो खेल्ने बिषयमा उनि चासो नराखेको बताउछिन ।

कारण, आफुले टिकटकबाट जति फ्यान फलोअर्स पाएको छु त्यो पाउन नसकुला, मैले त्यो लोभलमा जम्प गरेपछि आफुले चाहे अनुसारको रियालिटी पाउन सकिएन भने आफुलाई दुख हुने बताइन् । विभिन्न स्टेज कार्यक्रममा होस्टिग समेत गर्ने उनि भन्छिन् अबका दिनहरुमा टिकटकमा मात्र नभएर विभिन्न नया-नया काम गरि आफ़्ना सपना पुरा गर्ने र आफुले बनाएका भिडियोबाट कसैलाइ पनि निराश नबनाउने कुराहरु बताइन् ।

तपाईको प्रतिक्रिया