- सुवास संकल्प


ईटहरी/ आफ्नो गीत सार्बजनिक गर्दा प्रायः विवादमा आउने गायक हुन् दुर्गेश थापा । यस्ता गायक नेपालमा उनी एकमात्र हुन भन्दा फरक नपर्ला । पछिल्लो समय उनको गीतले गर्दा आफै जेल समेत जानू परेको यथार्थ छ । यस्तैमा उनले फेरि छाडा शब्द प्रयोग गर्दै अर्को गीत सार्बजनिक गरेका छन् । गीतमा प्रयोग भएका शब्दले गर्दा परिवार संग बसेर सुन्न नसकिने नै छ ।

सो गीत कताकता महिला वर्गलाई होच्याउने शैलीमा पनि छ भन्ने भान हुन्छ । एक साता अघि उनकै युट्युब च्यानलमा सार्बजनिक ‘घमन्डी ब्रो’ नामक गीतमा यस्ता शब्दहरुको प्रयोग भएको हो । गीतमा फिमेल मोडलहरु पनि देखिन्छन् । तर, उनिहरुको नामलाई कतै राखिएको छैन । नराखिनुको कारण गीत भल्गर भएकैले पनि हुनसक्छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

गीतमा दुर्गेश थापा र र्यापर सुनामिको स्वर सुन्न सकिन्छ भने जिबि चिरन सापकोटा र दुर्गेश थापाले मिलेर शब्द तयार गरेका छन् । गीतको संगीतमा सुनामि र सापकोटाको नाम राखिएको छ । भिडियोमा सिर्जन बरालको निर्देशन रहेको छ । यो गीतलाई टिकटकमा पनि भाईरल भएको देख्न सकिन्छ । यो गीतको अडियो क्लिपमा लाखौ भिडियो बनेका छन् ।

दुर्गेश सामेल हुनुअघि नै गीतमा लफडा

यसअघि गीतमा लफडा समेत परेको थियो । सो बेला दुर्गेश यो टिममा सामेल भैसकेका थिएनन् । गीतको सम्पुर्ण काम यस्का र्यापर सुनामिले गरेका थिए । र भिडियो समेत बनाएर सुनामिको युट्युब च्यानलबाट सार्बजनिक गर्दा भिडियो तथा गीतलाई कपिराईट लागेर उड्यो । सुनामिका अनुसार मोडल तथा संगीतकार जिवि चिरन सापकोटाले कपिराईट हानेका हुन् ।

कारण, यस्तो गीत निकाल्नु भनेर सापकोटाले भनेका थिए । तर, गीतमा शब्द संगीत देखि लिएर सबै कार्य आफुले गरेको सुनामिको भनाई छ । कसैले यो बारे गीत निकाल भन्दैमा सबै राईट्स उस्कै हुदैन भन्ने सुनामिको तर्क थियो । तर, पछि दुर्गेश संग सहकार्य भएपछि यो लफडा शान्त भएको बुझ्न सकिन्छ । हाल सार्बजनिक गीतमा चिरन र सुनामिकै नाम देख्न सकिन्छ भने भिडियोमा पनि यी २ दुर्गेश थापा संगै फिचर्ड भएका छन् ।

तपाईको प्रतिक्रिया