- सुवास संकल्प


ईटहरी/ ईटहरीमा अवस्थित सिने फ्लेक्स हलमा फिल्म बैनाबट्टाको विशेष शो प्रदर्शन सम्पन्न भएको छ । फिल्मकी मुख्य अभिनेत्री कबिता बान्तावा तथा निर्देशक राज चाम्लिङ्ग विशेष शोमा उपस्थित रहेका थिए । गतवर्ष फागुन २१ गते काठमाडौको नाचघर पनि यो फिल्मको विशेष प्रदर्शन भएको थियो । उपस्थित दर्शकको वाहवाही पाएको यो फिल्मको विशेष शोहरु यतिबेला पुर्व केन्द्रित भएको छ ।

ईटहरीको शोमा पनि फिल्मले सुखद प्रतिक्रिया पाएको छ भने फिल्मकी मुख्य अभिनेत्री कबिताको अभिनयलाई धेरैले तारिफ गरे । ईटहरी शो हाउसफुल रहेको थियो । फिल्मका सम्पुर्ण टिम नया भएपनि औसतमा सबैपक्षबाट फिल्म राम्रो बनेको छ । यसअघि दमक र बिर्तामोडमा पनि फिल्मको सफल शोहरु सप्पन्न भैसकेको छ ।

फिल्मलाई सुम्हात्लुङ फिल्मसको ब्यानरमा निर्माण गरिएको छ भने प्रेमराज लावती फिल्मका लगानिकर्ता हुन् । राज चाम्लिङ्गले निर्देशन गरेको फिल्ममा देवेन्द्र नेम्बाङ, कविता वान्तवा, वावू मोकतान वि एल, रश्मिला तामाङ, कृष्णराज नेम्बाङ, पुष्पराज आङवूहाङ, नैना कला आङ्गदेङ्बे, रिया सुव्वा, नरेश वानेम, राम लावती, सिता तुम्बाहाङफे, आसिका तुमयाङ, रोमन लिम्बू, अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

लिम्बू कल्चरलाई विशेष प्राथमिकतामा राखेर निर्मित फिल्म प्रदेश १ को रमणीय स्थानका साथै काठमाडौमा पनि छायांकन गरिएको छ । फिल्मलाई देवजङ थापाले खिचेका हुन् । बैनाबट्टाको कार्यकारी निर्माता कृष्णराज नेम्वाङ र पुष्प राज आङवूहाङ हुन् भने विक्रम नेम्वाङ, राम लावती, राधा लामा सह-निर्माता रहेका छन ।


तपाईको प्रतिक्रिया