- सुवास संकल्प


ईटहरी/ नेपालका चर्चित कलाकारका साथमा बलिउडलाई पनि समेट्दै राजबंशी समुदायको इतिहास, भाषा, सस्कृति तथा परम्पराहरुलाई दर्साउन राजबंशी ईतिहासमा फिल्म बन्ने भएको छ । फिल्ममा बलिउडका चर्चित कलाकारको समेत अभिनय रहने छ । साईमन फिल्मस एन्ड ईन्टरटेन्मेन्ट, मुम्बईको ब्यानरमा निर्माण तयारी भएको फिल्मको टिम तयार भएको छ भने केही कलाकारहरू पनि मौखिक तथा कागजी रुपमा अनुबन्ध भैसकेको फिल्मका निर्देशक तथा निर्माता साईमन राजबंशीले डिथ्री अनलाइनलाई जानकारी गराए ।

राजबंशीसंगै नेपाली, हिन्दी र भोजपुरी भाषामा यो फिल्म तयार हुदैछ । सम्भवत नेपाली फिल्म ईतिहासमा एउटै फिल्म ४ भाषामा तयार हुने यो नै पहिलो हो । यतिबेला स्कृप्टको फाईनल काम भैरहेको साईमनले बताए । फिल्मको नाम ‘प्रधान द लिडर’ राखिएको छ । कोरियोग्राफरमा नाम स्थापित गरेका साईमनले यसै फिल्मबाट निर्देशकमा डेब्यु गर्दैछन् । उनी हिन्दी, नेपाली तथा भोजपुरी भाषाको फिल्मको चिनिएका कोरियोग्राफर हुन ।

उनका अनुसार फिल्मका लागि अभिनेता सौगात मल्लसंग पनि कुरा भैसकेको छ । मल्ल फिल्मका लागि सकारात्मक देखिएका छन भने कागजी सम्झौता चाडै हुने साईमनले बताए । यस्तै भारतीय स्टार कलाकारहरू पनि फिल्ममा देखिने छन् । अग्रज अभिनेता अन्नु कपुर, जोनि लिभर संग पनि औपचारिक भेटघाट भैसकेको छ भने यी २ बलिउड स्टार पनि फिल्मका लागि सकारात्मक देखिएको र छिट्टै अनुबन्ध गरिने छ । अर्का बलिउड कमेडियन अशोक नारायण संग भने कागजी सम्झौता भैसकेको छ । अशोकले बलिउडमा अमिर खान र सलमान खान संग अन्दाज अप्ना अप्ना र वान्टेडमा काम गरेका छन् । उनले चाईना गेट जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

यस्तै मोडल भुमिका केसिले यसै फिल्मबाट नेपाली सिने उधोगमा डेब्यु गर्दैछिन । ठूलो लगानीमा बन्न लागेको यो फिल्मको लागि केहि प्राबिधिक समेत बलिउडबाट छन् । बलिउडकै छायांकार सेबेस्टेन अन्टोनीले फिल्मलाई खिच्दैछन । उनले खिचेको पहिलो बलिउड फिल्म ‘आसिक बनाया आप्ने’ हो भने उनकै छायांकनमा निर्मित तथा सन्नी लियोनी अभिनित ‘पानी वाला डान्स’ गीतको भिडियो सुपरहिट छ । फिल्मका लागि ३०० सहायक कलाकारहरू अडिसनबाट छनौट गरिनेछ भने अभिनय तालिम मुम्बईबाट ‘ओम नम सिवाय’ सिरिज र ‘मोहन जोदारो’ जस्ता फिल्ममा रितिक रोशनसंग काम गरेका अजिम सेखले दिनेछन् ।

यस्तै फिल्मको सहायक निर्देशकको रुपमा बलिउडबाटै सन्जय भारती रहने छन् भने नेपालबाट शान्ती तामाङ रहनेछ । जावेद अहमदले डाइलोग तथा स्क्रीनप्लेको कार्य गर्नेछन् । फिल्मको कला निर्देशकको रुपमा बलिउडमा काम गरिसकेका देबेन्द्र राजबंशी रहेका छन् । उनी २० वर्षदेखि बलिउडमा काम गरिरहेका छन् भने उनको पछिल्लो समय रिलिज फिल्म ‘कुल्ली नम्बर १’ हो । जस्मा उनले असिस्टेन्टको भुमिका निर्वाह गरेका थिए । प्रोडक्सन डिजाईनर बिमल धमला हुन भने निर्माताको रुपमा साईमन संगै राजेश राजबंशी, सिपि राजबंशी, सन्जय राजबंशी रहेका छन् । फिल्मको छायांकन नेपाल तथा भारतको विभिन्न स्थानमा गरिने निर्माण पक्षको तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया