ईटहरी/ नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ युट्युवमा सार्वजनिक भएको छ । फिल्मलाई शिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको हो । फिल्मले सभ्य तरिकाले तेस्रोलिङ्गी पात्रको कथा वस्तुलाई प्रस्तुत गरेको छ । फिल्म अहिले ३ लाख ४१ हजारबढी भ्युज पाउदै युटुवको ट्रेन्डिङको ९ औं स्थानमा आइपुगेको छ । भिडियो सहित ।

यस फिल्मलाई पुनम छेत्री गौतमले निर्माण गरेकी फिल्म ‘मारुनी’मा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको छ । सञ्जय लामाले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् । फिल्मको कथा गोविन्द फुयाल, नवल नेपाल आफैले लेखेका छन् ।

तपाईको प्रतिक्रिया