- सुवास संकल्प


ईटहरी/ कोरोना महामारीको असरले ठप्प ब्युटी प्याजेन्टहरु यतिबेला धमाधम भैरहेको छ । यस्तैमा ‘मिस्टर एन्ड मिस तराई-२०२१’ सम्पन्न भएको छ । जस्मा मिस्टर तराईको तराईको उपाधी दिपेश कार्किले चुम्न सफल भए भने मिस तराईको उपाधी समिक्षा खत्रीले चुमेकी छन् । शिवरात्रीको अवसर पारेर बिहिवार सम्पन्न फाईनल कार्यक्रमबाट मिस्टर तराईको फर्स्ट रनरअप ईशान अधिकारी, सेकेन्ड रनरअप प्रकाश श्रेष्ठ भए ।

यस्तै मिस तराई तर्फ फर्स्ट रनरअप जोशना अधिकारी, सेकेन्ड रनरअप मनिषा श्रेष्ठ भईन् । फाईनल कार्यक्रमको प्रमुख आतिथ्यता ईटहरी उप महानगरपालिकाको मेयर द्वारिकालाल चौधरीले गरेका थिए । निर्णायकको रुपमा अन्जना कट्टेल सुबेदी, सजिद आलम, सुजित बस्याल, जयश्री बग्री  जाजु, अर्जुन कार्की र नीति शाह रहेका थिए । कार्यक्रमको मुख्य प्रायोजक नेपाल आईस र सह-प्रायोजकमा प्रीन्सेस वाईन रहेको थियो ।

आवर प्रोडक्सन प्रालीको आयोजना तथा युनिभर्सल डान्स एकेडेमीको सहकार्यमा सम्पन्न फाईनल कार्यक्रममा झन्डै २०० दर्शकको उपस्थिति रहेको थियो भने चर्चित गायका कमल खत्री, कमेडियन, जादुगर तथा कलाकार महादेव त्रीपाठी, विश्वकै होचो ब्यक्तीको रुपमा रेकर्ड राखेका मनोज बिक र मोडल तथा डान्सर मनिषा यादव थापाको पनि उपस्थिति र दमदार प्रस्तुति रहेको थियो ।

तपाईको प्रतिक्रिया