ईटहरी/ अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्णलीला’को ट्रेलर सर्वाजनिक भएको छ । २७ चैत्रबाट प्रदर्शनमा आउने फिल्म लभ स्टोरी कथामा निर्माण भएको हो । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

लकडाउन खुलेसँगै इलाम र झापाका सुन्दर लोकेशनमा छायाँकन भएको फिल्म दीपक वलीले निर्देशन गरेका हुन् । फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँ वाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् । हेर्नुस ट्रेलर

आर आर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ रहेका छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया